(१) देहायको अवस्थामा कार्यालयले उपभोक्ताको धाराबाट पानीको वितरण बन्द गर्न सक्नेछः–
(क) कुनै उपभोक्ताले नियम १३ को खण्ड (ख) बमोजिमको म्याद भित्र बाँकी महसुल र अतिरिक्त शुल्क नबुझाएमा,
(ख) धाराको टुटी जडान नगरी पानीको उपभोग गरेमा वा धारामा पाइप वा मिटर जडान भएकोमा पानी कम खपत देखाउने उद्देश्यले मिटर वा पाइपमा कुनै किसिमको अवान्छित काम गरेमा,
(ग) कार्यालयको स्वामित्वमा रहेको मुख्य लाइनदेखि मिटरसम्मको पाइपको आवश्यक संभार र मर्मत नगरी पानी खेर जान दिएमा,
(घ) उपभोक्ताले पानी टङ्की भन्दा अगाडिको पाइप लाइनबाट कुनै उपकरण प्रयोग गरी पानी पम्प गरेमा,
(ङ) मिटर उपलब्ध हुँदा हुँदै मिटर जडान नगरेमा ।
(२) उपनियम (१) बमोजिम पानीको वितरण बन्द गरिएकोमा बाँकी महसुल तथा अतिरिक्त शुल्क नबुझाइ वा मिटर वा टुटी जडान नगरी वा मिटरमा अवान्छित काम गरे
वापत कार्यालयलाई पर्न गएको घाटा वापतको रकम नबुझाएसम्म पुन पानीको वितरण गरिने छैन ।